
प्रतीकात्मक हात्तीको तस्बिर
कार्तिक १६, रौतहट
जङ्गली हात्तीको आक्रमणमा परी रौतहट जिल्लाको फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्ध महिलाकोे मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिजयपुरले जनाए अनुसार जङ्गली हात्तीले बिहान एक्कासि आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्काे घरलाई समेत क्षति पुर्याएको छ ।
घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ ।




