पोखरामा स्कुलको बस दुर्घटना ः चालक घाइते, विद्यार्थी सुरक्षित

-


     केन्द्रीय आवाज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


भाद्र ७ पोखरा
पोखरामा स्कुल बस दुर्घटनामा चालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस घारीपाटन चोकमा दुर्घटनामा परेको हो ।
सो दुर्घटनामा बस चालकक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ बयरघारीका ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् ।
उनलाई उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बस अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको बताइएको छ । बस सडक छोडेर तल्लो बाटोमा रहेको ट्याक्सीमाथि चढेको छ ।
विद्यार्थीलाई घर छोड्न जानेक्रममा बस दुर्घटनामा परेको हो । बसमा २० जना विद्यार्थी रहेकामा सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।