
भाद्र १ पोखरा
गीताञ्जली साहित्य परिवार पोखराले श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गरेको हो ।
गीताञ्जली साहित्य रत्न पुरस्कार बाट पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक तथा लघु कथाकार कल्याण पन्त लाई सम्मान गरिएको छ ।

उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सकेका छन् । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार हो ।
त्यसैगरि रुक्मिणा नाराणदत्त ( रुना ) साहित्य पुरस्कार मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिएको छ ।
गीताञ्जली साहित्य परिवार पोखराका संरक्षक तथा मुक्तकमणि तिर्थराज अधिकारीले आफ्ना मातापिताको स्मृतीमा अक्षयकोष स्थापना गरि प्रदान गरिदै आईएको पुरस्कार हो ।
उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् ।
साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान प्रयाएका श्रष्टालाई प्रोत्साहित गरिने लक्ष्य सहित दुवै पुरस्कारको राशि २५ हजार नगद रहेको छ ।
त्यसै गरि तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार नवेदित बाल शाहित्यकार इडिभा खतिवडालाई प्रदान गरिएको छ । उक्त पुरस्कारबाट यस अघि स्मृति ओझा, लक्ष्मण आचार्य, सिर्जन ज्ञवाली, दिपशिना पौडेल र पिर्यदर्शन पहारी पुरस्कृत भइसकेका छन् ।

प्रोत्साहन पुरस्कारको राशि एक हजार एक सय रहेको छ ।
उक्त पुरस्कार बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक पौडेल स्यार्कोटेद्वारा स्थापित गएिको हो । कुल अक्ष्यकोषमा ५ हजार थप गरि १५ हजार रुपैयाको अक्षयकोषरासी रहेने अक्षयकोषदाता तिलक पौडेल स्यार्कोटेले कार्यक्रममा घोषण गरे ।
प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ राज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी ( क्षितीज ) रहेका थिए ।
सम्मान तथा पुरस्कार बरिष्ठ लोकगायीका प्राज्ञ हरिदेवि कोईरालाको प्रमुख आतिथ्यतामा एक समारोहका बिच अपर्ण गरियो ।
गला र कलाकी धनी प्राज्ञ हरीदेवी कोईरालाले यो कार्यक्रम निकै नै महत्वपुर्ण कार्यक्रम रहेको बताईन ।
कार्यक्रममा, प्रतिभा छनौट समितिका संयोजक प्रा.डा. जगन्नाथ रेग्मीले बिमोचित कृति तथा प्रतिभा छनौट प्रकृयाको बारेमा समिक्षा गरेका थिए ।

कार्यक्रममा , साहित्यकार तथा अक्ष्यकोषदाता तिलक पौडेल स्यार्कोटे,संस्थाका संरक्षक तथा अक्ष्यकोषदाता मुक्तकमणि तिर्थराज अधिकारी , सम्मानित ब्यतित्व असफल गौतम, कल्याण पन्त, बिशेष अतिथिहरु पत्रकार महासंघकास्कीकी अध्यक्ष बिमला भण्डारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।
संगम सास्कृतीक मन्च पोखराका कलाकार समुहको बिशेष शुभकामना संगीतबाट सुरु भएको कार्यक्रमका मा बिष्णु पराजुली,शंकर ज्ञवाली, चन्द्रावती वाग्ले,बसन्त चालिसे लगायतले श्रष्टा परिचय साथ रचना वाचन समेत गरेका थिए । साथै बाल प्रतिभा पुरस्कार
बाट सम्मानित बाल शाहित्यकार इडिभा खतिवडाले आफनो रचना बाचन गरेकी थिईन ।
संस्थाका अध्यक्ष भानु भण्डारी क्षितिजको सभापतित्वमा संचालित कार्यक्रमा प्रथम उपाध्यक्ष धर्मराज पौडेल अल्पायुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संस्थाका सचिव नरेन्द्र रानाभाटले संचालन गरेका थिए ।
साथै कार्यक्रममा मुक्तकमणि तिर्थराज अधिकारी द्धारा रचना गरिएको मुक्तक संग्रह “सारवत ”कृितको बिमोचन गरिएको थियो ।






