नेपाल भारतसँग पराजित

-


     केन्द्रीय आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित


श्रावण २४, पोखरा
काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ ।
उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम सेट गुमाउँदै उपाधि विमुख भएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेको हो भने भारतले दोस्रो, चौथो र पाँचौँ सेट जितेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।
पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।