
६ साउन काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा १८८ सांसदको विश्वासको मत पाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले कूल उपस्थित भएका २६३ सांसदमध्ये १८८ जना सांसदको विश्वासको मत पाएका हुन् । विपक्षमा ७४ मत परेको छ भने एक मत तटस्थ रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । तर ओलीले सो भन्दा बढी मत प्राप्त गरी दुई तिहाइको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमाले, लोसपा, जसपा नेपाल, जसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।
गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।






