
असार ५, पोखरा
पोखराको एक प्रतिष्ठित साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराले २५९ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात हुने गर्दछ ।

बिशेष गरि पोख्रेली साहित्यकारहरुको साहित्यीक कोशेली पस्कने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको जमघटले साहित्यीक खुरांक मिल्ने गरेको संस्थाका सचिव नरेन्द्र रानाभाटले बताए ।
कार्यक्रममा साहित्यकारहरुले देशको बर्तमान अवस्थाका समसामयीक बिषयहरुको चित्रण लगायतका रचनाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।
कार्यक्रममा साहित्यकारहरु धर्मराज पौडेल “अल्पायु”, शंकर ज्ञवाली, नरेन्द्र रानाभाट,बसन्त प्रसाद चालिसे, चन्द्रावती वाग्ले,गोविन्द प्रसाद पराजुली, वसन्त प्रसाद पराजुली,गंगा प्रसाद सुवेदी , नारायण प्रसाद आचार्य ऋषिकेश बराल, ऋषिराम काफ्ले, नारायण प्रसाद अर्याल ,बिष्णु माया पराजुली,रुजा महतो, बिष्णु आचार्य, ,शुस्मा ज्ञवाली , रुद्र बहादुर थापा र भानुभक्त भण्डारी ”क्षितिज” साथै बालसाहित्यकारहरु अन्वेषा ज्ञवाली, ईरिवा खतिवडा, लगायतका साहित्यकारहरुले आआफ्नो रचना बाचन गरे ।
साथै कार्यक्रममा बिशेष अतिथि गण्डकी प्रदेश सदस्य माननीय बिन्दु पौडेलले समेत आफ्नो साहित्यीक कोशेली प्रस्तुत गरेकी थिईन ।

त्यसै गरि प्रभात नायक बरिष्ठ कथा वाचक पं.दिपक सापकोटाले कार्यक्रमको सारको टिप्पणी गरेका थिए ।
संस्थाका अध्यक्ष भानु भण्डारी “क्षितीज”को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए ।
कार्यक्रममा कास्कीका २५ जना सहित्यकारहरुको जमघट रहेको थियो ।




