परिवार नियोजन संघ कास्कीको ४३औं शाखा सभा

-


     तुलसी राम सुवेदी    
     असार २३ गते २०८१ मा प्रकाशित


२३ असार, पोखरा
नेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले नेपाल परिवार नियोजन संघ कास्कीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले संघलाई वडाको तर्फबाट सक्दो सहयोग रहने र स्थायित्वका लागि पहल सुरु गरिसकेको बताए । नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले संघ समाजमा स्थापित संस्था भएको बताए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वयको प्रयास गरिएको उल्लेख गरे ।
कार्यक्रममा संघका संस्थापक सचिव डा. सोमत सिंह तुलाचन, निवर्तमान सभापति निरन्जनप्रसाद श्रेष्ठ, साधारण सदस्यहरुको तर्फबाट दुर्गाप्रसाद तिमिल्सिनालगायतले बोलेका थिए ।
साधारणसभाले सन् २०२३ को आर्थिक तथा कार्यक्रम प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्ष विष्णुप्रसाद दाहालले आर्थिक र वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका सभापति सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सविना तिमिल्सिनाले स्वागत र सदस्य सपना थापा क्षेत्रीले कार्यक्रम संचालन गरेकी थिइन् ।
सभाले शाखाको रिक्त युवा सदस्य पदमा नवराज बराललाई चयन गरेको छ ।
यस्तै चक्रिय निर्वाचन प्रणालीअन्तर्गत महिला सदस्यमा सविना तिमिल्सिना, विशेषज्ञ सदस्यमा वीरेन्द्र बास्तोला, विजय पौडेल, रजनी थकालीलाई चयन गरिएको सभापति सिग्देलले जानकारी दिए ।निर्वाचित सदस्यलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले प्रमाणपत्र प्रदान गरेका थिए ।