तनहुँमा पहिरामा पुरिएर ३ जना बेपत्ता

-


     केन्द्रीय आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित


२२ असार तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा पुरिएर शनिबार ३ जना बेपत्ता भएका छन् ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।