पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा बिजय सर्वसम्मत ।

-


     तुलसी राम सुवेदी    
     जेठ २० गते २०८१ मा प्रकाशित


२० जेष्ठ,पर्वत
पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भयो ।
नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण बहाद्ुर केसी ले गरेका थिए ।
कार्यक्रममा भक्त तमाड.,कुशाल अधिकारी,आलोक कुमाल,नारायण प्रसाद गौतम,ध्रुव सापकोटा,रामचन्द्र पोखरेल,पाण्डव बहादुर श्रेष्ठ,विनोद बिक्रम पोखरेल,दिनेश अर्याल,सन्तोष थापा ,बसन्त जोसी,केदार नाथ शर्मा ,ठाकुर बि.पौडेल,दुर्गा प्रसाद पौडेल लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य पर्बत फोटोग्राफर संघ का सदस्य आर.सी पौडेल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव बिजय शर्माले गरेका थिए ।
शनिवार सम्पन्न भएको अधिवेशन बाट अध्यक्षमा बिजय शर्मा सर्वसम्मत चयन भएका छन । त्यसैगरि उपाध्यक्षमा रमेश श्रेष्ठ ,सचिबमा नारायण पौडेल ,कोषाध्यक्षमा सुरेश राज रेग्मी ,सहसचिव आर.सि.पौडेल, र सह कोशाध्यक्ष चर्चित श्रेष्ठ निर्वाचित भएका छन भने, सदस्य हरुमा पुरण गिरि,प्रेम पोख्रेल,सुर्य के .सि. र सुर्य ढकाल चयन भएको संस्थाका नवनिर्वाचित सचिव नारायण पौडेलले जानाकारी दिए । कार्यक्रममा नया सदस्यहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रमा कृष्ण कडेल,अर्जुन थापा,सुदिप क्षेत्री,आर.सी पौडेल लगायत पर्वतका स्थानिय कलाकारहरुले मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।