
१ बैशाख पोखरा
गीताञ्जली साहित्य परिवार पोखराको २५६ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयोे ।
पोखरा १० स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा साहित्यकारहरुले आआफ्नो रचना बाचन गरे ।
साहित्यकारहरुले साहित्यीक कोशेली पस्कने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको, कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको जमघटले साहित्यीक बिरुवामा मलजल मिल्ने गरेको संस्थाका सहसचिब ढुण्डी राज ज्ञवालीले बताए ।
कार्यक्रममा नव बर्षको शुरुवातको दिन भएको हुंदा साहित्यकारहरुले शुभकामना युक्त रचनाहरु प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष भानु भण्डारी “ क्षितीज ु”को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सहसचिव ढुण्डीराज ज्ञवालीले गरेका थिए ।




