पोखराका महिला फोटोग्राफरहरु अवलोकन भ्रमणमा सौराहा पुगे ।

-


     तुलसी राम सुवेदी    
     पौष ९ गते २०८० मा प्रकाशित


९ पौष
सधै आफ्नो ब्यवसायमा तल्लीन हुने पोखरका महिला फोटोग्राफरहरु पर्यटन प्रवर्धन साथै फोटोग्राफीका लागि चितवनको सौराहा पुगे ।
सधै आफ्नो ब्यवसायमा मात्र सिमित रहने फोटोग्राफर महिलाहरु आउटडोर फोटोग्राफीका लागि चितवन पुगेको महिला उपसमिति संयोजक रिता पौडेलले बताईन ।
महिला फोटोग्राफरहरुले सामाजिक उत्तरदायित्व का साथै फोटोग्राफी यात्रालाई पनि निरन्तरता दिएको पुर्व महिला उपसमिति संयोजक शान्ति सुवेदीले बताईन ।


यो यात्रा महिला फोटोग्राफर हरुका लागि अविस्मणिय बन्ने कुरामा आफु विश्वस्त रहेको पोखरा फोटोग्राफर संघकी कोषाध्यक्ष नन्दकला पौडेल ले बताईन ।
दुई दिने फोटोग्राफी यात्रा नवलपुरको मौलाकालीको अवलोकन सहित सौराहाको चितवन राष्ट्रिय निकुन्जको अवलोकन गरि पोखरा फर्कने योजना रहेको पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल ले जननाकारी दिए ।