
गीतान्जली साहित्य परिवार पोखराको १९ औ साधारण सभा तथा ९ औ अधिबेसन सम्पन्न भयो ! पोखरा को रामघाट स्थित गितामन्दीर परिसर मा आयोजित कार्यक्रम को समुद्घाटन गण्डकि प्रज्ञा प्रतिस्ठान का कुलपति सुर्य खड्का बिखर्चि ले गर्नु भएको थियो ! कार्यक्रम मा साहित्यकारहरु गोबिन्द प्रसाद पराजुलि, रुद्र बहादुर थापा, बिष्णु प्रसाद आचार्य , लक्षमण थापा लगायत ले देसको समसामयीक बिसय का बारेमा कबिता बाचन गर्नु भएको थियो !
कार्यक्रम मा सस्थाका निबर्तमान अध्यक्ष शिब प्रसाद गौतम , बरिस्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला, साहियकार तारा पाखे, साहित्यकार प्रेम कुमारि गुरुङ , प्राध्यापक अ्म्बिका प्रसाद भट्टराई , डा. कृष्ण केसी लगायत ले शुभ कामना मन्तब्य राख्नु भएको थियो !
सस्थाका कोषाध्यक्ष छवी लाल आचार्य ले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सहित सस्थाको प्रगति प्रतिबेदन सचिब सन्कर ज्ञवालि ले प्रस्तुत गर्नु भएको थियो !
सस्था का उपाध्यक्ष धर्मराज पौडेल अल्पायु ले स्वागत गर्नु भएको कार्यक्रम को अध्यक्षता कार्यबाहक अध्यक्ष भानु भक्त भन्डारि िक्षतिज ले गर्नु भएको थियो ! आज नै भएको कार्यक्रम मा भानु भक्त भण्डारि िक्षतीज को नेतृत्व मा सर्ब सम्मत नया कार्यसमिति चयन भएको छ ! जस अन्तरगत बरिस्ठ उपाध्यक्ष मा धर्मराज अल्पायु, उपाध्यक्ष मा सन्कर ज्ञवाली , सचिबमा नरेन्द्र रानाभाट , सहसचिब मा ढुण्डिराज ज्ञवाली , कोशाध्यक्ष बसन्त प्रसाद चालिसे, सहकोसाध्यक्ष मा चन्द्रावती वाग्ले , सदस्यहरुमा रिषिराम काफ्ले , तुलसि राम सुबेदी, प्रा डा यम बहादुर पौडेल , इश्वरी चापागाई , बिष्णु खड्का कार्कि , नारायण प्रासाद बराल, बिष्णु माया पराजुलि , लोक माया घर्ति , र लक्षमण आचार्य निर्बिरोध चयन भए !




