आयोजक मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

-

     केन्द्रीय आवाज    
     असार २२ गते २०८३ मा प्रकाशित

२२ असार 

खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि, ३८औँ मिनेटमा ह्यारी केनको पासमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २-० को बलियो अवस्थामा पुर्‍याए। बेलिङ्घमका यी दुई गोल केवल ९८ सेकेन्डको अन्तरमा भएको हो ।

पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा जुलियन किन्योनेसले शक्तिशाली प्रहारमार्फत गोल गर्दै मेक्सिकोलाई २-१ को अवस्थामा फर्काए। ५४ औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाए। त्यससँगै इङ्ग्ल्यान्ड १० खेलाडीमा सीमित भयो।

तर ६०औँ मिनेटमा एन्थोनी गोर्डनलाई मेक्सिकोका गोलकिपर राउल रान्गेलले फल गरेपछि इङ्ग्ल्यान्डले पेनाल्टी पायो। कप्तान ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए। यो विश्वकपमा केनको गोल संख्या ६ पुगेको छ।

६९औँ मिनेटमा भने केनले आफ्नै पेनाल्टी क्षेत्रमा ब्रायन गुटिएरेजलाई फाउल गरेपछि मेक्सिकोले पनि पेनाल्टीको अवसर पायो। राउल जिमेनेजले त्यसलाई गोलमा परिणत गर्दै अन्तर ३-२ मा झारे। बाँकी समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउ र इङ्ग्ल्यान्डको सशक्त रक्षात्मक प्रदर्शनका कारण बराबरी गोल गर्न सकेन।

यो जितसँगै प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ। नर्वेले ५ पटकको विजेता ब्राजिललाई २-१ ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो। फ्रान्स र मोरक्को यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन्।

इङ्ग्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिको सिटीको अज्टेका रंगशालामा सोमबार बिहान भएको खेल खराब मौसमका कारण एक घण्टा ढिला सुरु भयो। १० खेलाडीमा सीमित भएरपनि इङ्ग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई स्तब्ध बनायो।