नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

-


     केन्द्रीय आवाज    
     श्रावण ११ गते २०८२ मा प्रकाशित


१० साउन, कास्की
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाकी सभापति उर्मिला खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खड्काले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा सदस्य आशिष भण्डारी, नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारी, नेपाल औषधी व्यवसायी संघ कास्की अध्यक्ष धिरज गौतम, संस्थाका सल्लाहकारहरू सूर्यप्रसाद ढकाल, जितेन्द्रमान साक्य र सुवर्णराज पन्तलगायतको उपस्थिति रहेको थियो ।
उनीहरूले संस्थाको कार्य, उद्देश्य तथा आगामी योजनाहरूको सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्दै संस्थाको योगदानको प्रशंसा गरेका थिए ।
सभामा संस्थाका कोषाध्यक्ष लेखनाथ रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव विशाल अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभा अध्यक्ष दिपेन्द्र अधिकारीले संस्थाले विगत वर्षमा सम्पन्न गरेका गतिविधिहरू तथा आगामी योजनाहरूको विस्तृत जानकारी दिनुभयो।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव विशाल अर्यालले गर्नु भएको थियो।