मंगलवार गण्डकी प्रदेशमा सार्वजनिक विदा

-


     केन्द्रीय आवाज    
     माघ २१ गते २०८१ मा प्रकाशित


माघ २१ पोखरा
गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा मंगलवार विदा हुने जनाएका छन् । यसअघि गण्डकी प्रदेशको स्थापना दिवस र प्रदेश सरकारको स्थापना दिवस अलग–अलग मिति र कार्यक्रम अनुसार मनाइँदै आएको थियो । तर यसपालि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस एउटै दिन मनाउने निर्णय गरिएको छ । २०७४ सालको माघ २२ गते गण्डकी प्रदेशको पहिलो संसद् बैठक बसेको थियो, र सोही दिनलाई गण्डकी प्रदेश सभाले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।