अम्विका भण्डारीको तीज गीत ‘बाँडिएन आमा दुःख बरीलै’ म्युजिक भिडियो सार्वजनिक

-


     केन्द्रीय आवाज    
     श्रावण १९ गते २०८१ मा प्रकाशित


श्रावण १९ पोखरा
साहित्यकार एवं लोकगायिका अम्बिका भण्डारीको नयाँ तीज गीत ‘बाँडिएन आमा दुःख बरीलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै ‘अम्बिका भण्डारी’ युटुव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा स्वर, शब्द, लय र निर्देशन स्वयं भण्डारीकै छ भने एरेन्जर दिवस थापा मगर गरेका छन् । पोखराको बासुरी रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको भिडियो छायांकन गणेश सापकोटाले गरेका हुन् । भिडियो सम्पादन सुवास अम्गाईले गरेका हुन् भने फलानो क्रियशनले उत्पादन गरेको हो ।
नृत्यमा मुना गुरुङ रहेकी छन् । यस्तै, कलाकारमा दिवाकर भण्डारी (सापटी काका), प्रमीला तुलाचन, युवराज भण्डारी (पोखरेली धुर्मुस), रमेशबाबु तिमिल्सिना छन् । सामाजिक कलाकारमा गोविन्द पराजुली, महेश्वर बराल छन् । मोडलिङ कलाकारमा भावना पन्त विष्ट, सपना तिवारी, बालकलाकारमा स्वराजसिंह ढुंगाना छन् ।
आमा बाबाले बनाएको घर, खेतबारी, सम्पतिमा हानालुछ होला, भागबण्डामा खोसाखोस होला तर आमा बाबाको मन र माया कहिल्यै बाँडिदैन र बाँडिन सक्दैन भन्ने सन्देश गीतबाट दिन खोजिएको छ ।
भण्डारीका मौलिक लोक गीत, तीज गीतलगायत गरी डेढ दर्जन बढी एल्बम यसअघि नै बजारमा आइसकेका छन् । उनका लोकछन्दका फूलहरू कविता संग्रह, आफ्नो गाउँ आफ्नै हुन्छ खण्डकाव्य, तेस्रो पाईला कविता संग्रह र सिलाजित मुक्तक संग्रह कृति प्रकाशित छन् ।