सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

-


     केन्द्रीय आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित


२३ असार, विराटनगर,
अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
आज बिहान ९ः०० बजेको मापनअनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।
पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।