समाचार

फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

भदौ १९ गते काठमाडौँ, दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ । ‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु १२औँ फेम्बोसा सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। सम्मेलनमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष तथा उच्च पदाधिकारीसहित १० जना… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्छ ः मन्त्री थापा

भाद्र १८ पोखरागण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्ने बताएका छन् ।मन्त्रालयले मंगलबार तनहुँ आँबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी दिए ।उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे ।“हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ, शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि तिनै तहको सरकार एक भएर लाग्नुपर्ने… पुरा पढौ

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा पाण्डे

२०८१ भदौ १८ काठमाडौँपदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका थिए । गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापक समेत हुन् ।वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको… पुरा पढौ

कोशीमा ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन

२०८१ भदौ १८ झापा, कोशी प्रदेश सरकारले ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा चार वर्षअघि मन्त्रिपरिषद्बाट नियमावली बनाएर पहिलोपल्ट प्रतिष्ठान गठन गरिएको थियो ।तत्कालीन प्रदेश नं १ सरकारको प्रथम निर्वाचित मुख्यमन्त्री शेरधन राईले विसं २०७७ पुस ६ गते प्रादेशिक सञ्चार प्रतिष्ठान पहिलोपटक गठन गरेको थियो । जसको अध्यक्ष तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कार्यकारी निर्देशकमा अग्रज पत्रकार यज्ञ शर्मा नियुक्त भएको थियो ।प्रदेश सरकारमा नेतृत्व परिवर्तनपछि गठित… पुरा पढौ

मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिकोे प्रेसर छ ः अध्यक्ष प्रचण्ड

२०८१ भदौ १६ गते बाँकेनेपाल कम्युनिष्ट पार्टीका माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् ।प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे ।“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”आफूलाई अध्यक्ष… पुरा पढौ

कैलास सहकारी संस्थाले तिज गीत प्रतियोगिता सहित तिज मनायोे ।

पोखरा, १५ भाद्र पोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना महिला शेयर सदस्यहरु बिचमा तिज गीत प्रतियोगिता सहित तीज पर्व मनाएको छ । आफ्ना महिला शेयर सदस्य र महिला कर्मचारीहरु बिच प्रतियोगितात्मक तीज गीत तथा तृत्य प्रतियोगिता सहित तिज पर्व मनाएको हो । कार्यक्रममा सहकारी संस्थाको बारेमा तिज गीत प्रतियोगिता राखिएको थियो । सो प्रतियोगितामा मञ्जरी सुवेदी प्रथम भएकी थिइन । प्रतियोगितामा ६ जना महिला शेयर सदस्यहरु सहभागि भएका थिए । अन्य सहभागीहरुमा नन्दकला पौडेल,गीता… पुरा पढौ

पोखरेली फोटोग्राफरहरुको शान चौथो पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ प्रतिष्प्रधी फोटोहरु सार्वजनिक ।

भाद्र १४, पोखरा,पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा प्रत्येक बिधामा ५ उत्कृष्ठ फोटो घोषणा गरिएको छ । यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य छनौटमा परे । प्रत्येक २÷२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते देखि प्रतियोगिताको लागि आव्हान गरिएको थियो कुल ७ वटा फोटो बिधामा र बिबाह भिडियो बिधाको १ गरी कुल ८ ओटा बिधामा… पुरा पढौ

गण्डकीमा नौ मन्त्रालय बनाउने सहमति

भाद्र १३ पोखरासत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उनले भने, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँट टुङ्गाएर मन्त्रीहरुको… पुरा पढौ

छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन्÷छैनन् समीक्षा गरिने’

१३ भदौ काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रुपमा समीक्षा गरिने बताए । उनले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान… पुरा पढौ

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

फाईल तस्विर
भदौ १३ गते, पोखराजोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । “मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा… पुरा पढौ