
पोखरा, १५ भाद्र
पोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना महिला शेयर सदस्यहरु बिचमा तिज गीत प्रतियोगिता सहित तीज पर्व मनाएको छ । आफ्ना महिला शेयर सदस्य र महिला कर्मचारीहरु बिच प्रतियोगितात्मक तीज गीत तथा तृत्य प्रतियोगिता सहित तिज पर्व मनाएको हो ।






कार्यक्रममा सहकारी संस्थाको बारेमा तिज गीत प्रतियोगिता राखिएको थियो । सो प्रतियोगितामा मञ्जरी सुवेदी प्रथम भएकी थिइन । प्रतियोगितामा ६ जना महिला शेयर सदस्यहरु सहभागि भएका थिए । अन्य सहभागीहरुमा नन्दकला पौडेल,गीता तिवारी,बबिता पौडेल,शान्ति सुवेदी र बिमला ढुंगाना रहेका थिए ।



यसैगरी महिला शेयर सदस्य खुल्ला नृत्य प्रतियोगितामा दुर्गा अधिकारी प्रथम भएकी थिईन भने दोस्रो रिता पौडेल र तेस्रो बिमला कुईकेल भएकी थिईन । त्यसै गरि अनुशासित नृत्य मा गीता तिवारी पुरस्कृत बनिन् ।
यसैगरि खुल्ला कर्मचारी नृत्य तर्फ सुनिता परियार प्रथम भईन । दोस्रो अन्जिता सुनार र तेस्रो धनमाया जिसी बनिन । त्यस्तै गरि प्रोत्साहन स्वरुप कार्यक्रममा उपस्थित बालिका नृत्य प्रतियोगिता समेत गरिएको थियो नृत्यमा तिन जना बालिका सहभागि भएका थिए भने तीनै जनालाई पुरस्कार दिइएको थियो । जस अन्र्तगत प्रसिद्धी पौडेल प्रथम,आरोही अधिकारी द्धितीय र बिनिता कुईकेल तृतीय भएका थिए ।



बिजयी शेयर सदस्य ,कर्मचारी तथा बालिकाहरुलाई संस्थाका अध्यक्ष खडानन्द अधिकारीले सम्मान स्वरुप पुरस्कार र प्रसंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा आफ्ना कुल १९३ शेयर सदस्यहरु मध्येबाट बिशेष महिला सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा ६० जना शेयर सदस्य तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
संस्थाका महिला उपसमिति संयोजक पूर्ण कुमारी थापाको संयोजकत्वमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।




