
भाद्र १४, पोखरा,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा प्रत्येक बिधामा ५ उत्कृष्ठ फोटो घोषणा गरिएको छ ।
यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य छनौटमा परे । प्रत्येक २÷२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते देखि प्रतियोगिताको लागि आव्हान गरिएको थियो कुल ७ वटा फोटो बिधामा र बिबाह भिडियो बिधाको १ गरी कुल ८ ओटा बिधामा फोटोहरु मागिएको थियो भने लाईफटाइम अचिभमेन्टमा जिल्ला संघहरुद्वारा आआफ्नो जिल्लाबाट गरिएको सिफारिसको आधारमा छनौट गरिएको थियो ।

अवार्डको पहिलो तथा गर्विलो बिधा अन्र्तगत रहेको अशोक लाईफ टाईम अचिभमेन्ट फोटोग्राफी अर्वाडबाट यस वर्ष वाग्लुड।का अग्रज फोटोग्राफर मुकुन्द शाक्य सन्मानित हुने भएका छन । बिभिन्न जिल्लावाट आएका सिफारिश मध्येवाट उनि छर्नाैटमा परेका हुन । पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजु ज्यूले आफ्रना परिवाका नाममा राखिदिएको रु ३ लाख रुपैयाकोे अक्षयकोषवाट उक्त सम्मान प्रदान गरिदै आएको छ ।
सम्मानको राशी नगद रु २५,५५५ (पच्चिस हजार पाँच सय पचपन्न) सहित दोसल्ला र ताम्रपत्र रहेकोछ ।
अशोक लाईफ टाईम फोटोग्राफी अर्वाडबाट यसअघि पोखराका बरिष्ठ फोटोग्राफर सम्भु रत्न शाक्य,बिश्वरत्न शाक्य,जयन्द्र कुमार राजभण्डारी सम्मानित भैसकेका छन । भने शाक्य पोखरा बाहिरबाट लाईफ टाईम फोटोग्राफी अर्वाडमा छनौट भएका पहिलो ब्यत्ति हुन ।
KAILASH PHOTOGRAPHER OF THE YEAR
कैलाश फोटोग्राफर अफ दि ईयर
यस वर्षको कैलाश फोटोग्राफर अफ दि ईयर बिधाको लागि पुरन शारु, देवानन्द पोख्रेल, राम्जी थापा, लक्ष्मिपती पौडेल र जीवन ढुङगानाको फोटो उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस पुरस्कार को राशि रु १५ हजार ५५५ रुपैंया ट्रफि र प्रमाण पत्र रहेको छ । यो पुरस्कार लागि फोटोग्राफरद्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएको छ ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





MILAN YOUTH ENERGETIC PHOTOGRAPHY AWARD
मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड
यसै गरी मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड बिधामा बब शाही, दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुङको फोटो उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ । यो पुरस्कार लागि मिलन फोटो ग्रुपका पिता माता नगेन्द्रराज पौडेल र सिता पौडेलको परिवारको तर्फबाट ५० हजार रुपैयाकोे अक्षयकोष राखिएको र सोहि अक्षयकोषको ब्याज बाट पुरस्कार बितरण गरिदै आएको छ ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





-ENVIRONMENT & NATURE_
वातावरण तथा प्रकृति
वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी, योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





-CULTURE & TOURISM_
सस्कृती तथा पर्यटन
यसैगरी सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी, अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





–RAMTARA DAILY LIFE PHOTOGRAPHY AWARD
रामतारा दैनिक जनजिवन फोटाग्राफी अवार्ड
यसैगरी रामतारा दैनिक जनजिवन फोटाग्राफी अवार्ड बिधामा सुरेश रेग्मी, महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष नमस्ते फोटोका संचालक रामचन्द्र पोखरेल र तारा पोख्रेलले राखिदिएका छन ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





-MIRAGE CREATIVE PHOTOGRAPHY AWARD_
-PORTRAIT PHOTOGRAPHY_
पोट्रेट फोटोग्राफी अवार्ड
मिराज पोट्रेट फोटोग्राफी अवार्डमा प्रदिप श्रेष्ठ, देवानन्द पोर्खेल, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





NANDANARI PHOTOGRAPHY AWARD _
नन्द नारी फोटोग्राफी अवार्ड
यसै वर्षवाट शुरु भएको बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्द नारी फोटोग्राफी अर्वाडको बिधामा श्रृजना भुर्तेल, मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ६ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५५ हजार को अक्षयकोष योर्स फोटोका संचालक घनश्याम पौडेल र नन्दकला पौडेलले राखिदिएका छन ।
बिधा अनुसारका उत्कृष्ठ फोटोहरु





समयानुकुल फोटोग्राफी ब्यवसाय फोटोग्राफरहरुकोे क्षमता तथा दक्षता बृद्धि गर्नको लागि २०७५ साल बाट पोखरा फोटोग्राफी अवार्ड स्थापना गरिएको थियो । पोखरा फोटोग्राफर संघका तत्कालिन अध्यक्ष तुलसी राम सुवेदीको कार्यकालमा फोटोग्राफरहरुको दक्षता अभिबृद्धी गर्नुपर्छ भनेर सरकारी तवर कै फोटोग्राफी तालिम सहित पोखरा फोटोग्राफी अवार्ड अक्षयकोषदाताहरु संगको सहकार्यमा स्थापना गरिएको हो र यो अवार्डलाई नेपाल कै फोटोग्राफी ईतिहांस कै पहिलो ठूलो फोटोग्राफी अवार्ड मानिएको छ । यसर्थ यो अवार्ड पोखरेली फोटोग्राफररुको गौरव तथा शानका रुपमा पनि लिने गरिएको पोखरा फोटोग्राफर संघका पुर्व अध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।
-MIRAGE CREATIVE PHOTOGRAPHY AWARD_
-WEDDING VIDEOGRAPHY_
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी, राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु उत्कृष्ठ ५ मा पर्न सफल भएका छन । यस बिधामा सर्वोत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
उत्कृष्ट पाँचमा छानिएका फोटोहरु मध्येवाट प्रत्येक बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट पाँचलाई घोषणा सहित पुरस्कार बितरण कार्यक्रम आउदो भाद्र २९ गते हुन गईरहेको साधारण सभामा गरिने कुरा संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाएका छन ।




