समाचार

संविधान सबैको सहमतिमै संशोधन हुन्छः प्रधानमन्त्री

भदौ ६ काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले भने, “संविधान संशोधन आठ वर्षको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, संसद्को पनि आँट चाहिन्छ ।” उनले सङ्घीयता कार्यान्वयनपश्चात साविकमा रहेका जिल्लास्थित केही कार्यालयको काम स्थानीय तह र प्रदेशमा गएको जानकारी गराए । प्रदेशले जिल्लास्थित साविक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, सहरी पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा सेवा दिइरहेको जानकारी… पुरा पढौ

दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए ।

भदौ ६, काठमाड.डौ नेपालमा मनसुन भित्रिए यता दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ । यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो । बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो ।यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष रहेका छन् ।… पुरा पढौ

भोजपुर चियाखेतीको प्रशस्त सम्भवना आमचोकको पाखापखेरालाई हरियाली बनाउँदै ।

भदौ ६ भोजपुरपर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख… पुरा पढौ

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

भदौ ६ बागलुङनियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने… पुरा पढौ

चुरेका बालबालिकाजोखिम मोलेर विद्यालय जान बाध्य ।

भदौ ६ कैलालीचुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए । उनले भने, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै… पुरा पढौ

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं, १ भदौसोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले श्रष्टा सम्मान कल्याण पन्त , असफल गौतम र इडिभा खतिवडा सम्मानित ।

भाद्र १ पोखरागीताञ्जली साहित्य परिवार पोखराले श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गरेको हो ।गीताञ्जली साहित्य रत्न पुरस्कार बाट पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक तथा लघु कथाकार कल्याण पन्त लाई सम्मान गरिएको छ । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सकेका छन् । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार हो ।त्यसैगरि… पुरा पढौ

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य राष्ट्रपति पौडेल

२८ साउन काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।“दिनानुदिन विदेश पलायन भइरहेको युवा… पुरा पढौ

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

श्रावण २८ ,दकाठमाडौँउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् । पुरा पढौ

गीताञ्जली साहित्य परिवारले श्रष्टा सम्मान गर्दै –गीताञ्जली साहित्यरत्न पुरस्कार कल्याण पन्त र रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने ।

श्रावण २८ पोखरागीताञ्जली साहित्य परिवार पोखराले हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।गीताञ्जली साहित्य रत्न पुरस्कार , रुक्मिणा नाराणदत्त( रुना ) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार गरि तिन बिधामा साहित्यकारहरुलाई सम्मान गरिने भएको गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानु भण्डारी “ क्षितीज ” ले बताए ।प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ… पुरा पढौ