समाचार

आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामले मनाईयो ।

भाद्र १० पोखरा वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाए । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्म लिनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही… पुरा पढौ

पर्वत फोटोग्राफर संघको कार्यालय स्थापना एवम तिज विशेष शुभकामना आदानप्रदा कार्यक्रम सम्पन्न ।

भाद्र ८ पर्वतपर्वत फोटोग्राफर संघले संघको कार्यालय स्थापना एवम तिज विशेष शुभकामना आदानप्रदा कार्यक्रम सम्पन्न गरयो ।कार्यक्रम फलेवास नगरपालिकाका उप प्रमुख शोभा कुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।कार्यक्रममा पर्वत फोटोग्राफर संघका सहसचिव रामचन्द्र पौडेल (आरसी) ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रलममा महिला उपसमिति संयोजक जीवन कुमारी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, , प्रथम संरक्षक दिनेश अधिकारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल , निर्वतमान. अध्यक्ष नारायण बहादुर के सी लगायतले शुभकामना मन्तव्य… पुरा पढौ

मर्स्याङ्दी बस दुर्घटना ः मृतक २७ जनाकै शव भारत लगियो

भाद्र ८ पोखरापृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । मृतकको शव पोष्टमार्टम चितवनको… पुरा पढौ

युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

२०८१ भदौ ८ काठमाडौँसंयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गरेकी थिईन ।मन्त्री डा राणाले भनीन, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति… पुरा पढौ

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ

भदौ ७ काठमाडौँ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । समिति सचिव बविता मिश्रका अनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।समितिले… पुरा पढौ

मुस्ताङमा हिमपहिरो ः बोक्सीखोला थुनियो, सतर्क रहन प्रशासनको आग्रह

फाइल तस्वीर
भाद्र ७ पोखरापोखरा । मुस्ताङमा आज दिउँसो हिमपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को कोबाङमा हिमपहिरो जाँदा बोक्सीखोला थुनिएको बताइएको छ । खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले सचेत रहन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । पहिरोस्थल जोमसोमबाट करिब १७ किलोमिटर पर रहेको उनले बताए । सोही स्थानमा ३ वर्ष अघि कात्तिक महिनामा हिमपहिरो गएको थियो । पुरा पढौ

पोखरामा स्कुलको बस दुर्घटना ः चालक घाइते, विद्यार्थी सुरक्षित

भाद्र ७ पोखरापोखरामा स्कुल बस दुर्घटनामा चालक घाइते भएका छन् ।पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस घारीपाटन चोकमा दुर्घटनामा परेको हो ।सो दुर्घटनामा बस चालकक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ बयरघारीका ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् ।उनलाई उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।बस अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको बताइएको छ । बस सडक छोडेर… पुरा पढौ

तनहुँ बस दुर्घटना मृतकको संख्या २७ पुग्यो, १६ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी

भाद्र ७ पोखरा तनहुँको आँबुखैरेनी गाउँपलिका(२ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । तस्विर… पुरा पढौ

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन

भदौ ७ गते पोखरागण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो ।मुस्ताङको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समर–घ्याकर–ढुम्बाक कृषि सडक आयोजनालाई गण्डकी प्रदेश सरकारको चालु आवको वार्षिक योजनाबाट हटाएकाले काम सम्पन्न गरेका निर्माण… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋण अनुदानमा बदल्न आग्रह

भाद्र ६,पोखरासरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै… पुरा पढौ