मुस्ताङमा हिमपहिरो ः बोक्सीखोला थुनियो, सतर्क रहन प्रशासनको आग्रह

-


     केन्द्रीय आवाज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


फाइल तस्वीर

भाद्र ७ पोखरा

पोखरा । मुस्ताङमा आज दिउँसो हिमपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को कोबाङमा हिमपहिरो जाँदा बोक्सीखोला थुनिएको बताइएको छ ।

खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले सचेत रहन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

पहिरोस्थल जोमसोमबाट करिब १७ किलोमिटर पर रहेको उनले बताए । सोही स्थानमा ३ वर्ष अघि कात्तिक महिनामा हिमपहिरो गएको थियो ।