स्वास्थ्य

आज विश्व अटिजम जागरुकता दिवस मनाइँदै

२० चैत्र पोखराविश्व अटिजम जागरुकता दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ ।संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो । अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ ।वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर… पुरा पढौ

आयरल्यान्ड माथि नेपालको रोमाञ्चक जित

१९ पोखरा । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ ।जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो ।तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित… पुरा पढौ

स्वस्थ नागरिक समृद्ध मुलुकको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा, १६ चैत ।गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताउनुभएको छ ।स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो ।गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको… पुरा पढौ

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाललाई ।

१२ चैत्र पोखरा ।यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपालले हात पारेको छ । ५ सय मिटर तर्फको प्रतिष्प्रर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै वाटर स्पोर्ट्स नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको छ । त्यसैगरि २ सय मिटरतर्फको ड्रागन बोट रेसको उपाधी नेपाल… पुरा पढौ

पोखरा मै मिर्गौलाको सफल प्रत्यारोपण ।

चैत्र ९ पोखरा ।पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट सफल प्रत्यारोपण गरिएको जनाएको छ । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गरेकी थिईन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै जनशक्तिबाट प्रत्यारोपण गरिएको र अव मिर्गौलाको उपचारका लागि अनयत्र धाउन नपर्ने अस्पतालका… पुरा पढौ

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक ।

६ चैत्र पोखरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो ।मंगलबनर बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार सेती नदीको तुलसीघाटमा अन्तिम दाहा संस्कार गरिएको छ । पुरा पढौ

छोरीको कलेजो दानले बाबुको जीवन लम्बियोे ।

फागुन २९ लेखनाथपोखरा ३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई आफ्नी छोरीले दिएको कलेजोले जिवन लम्बिएको छ ।लामिछानेलाई विसं २०७५ तिर कलेजोमा समस्या देखियो । उनले करिव चार वर्ष औषधी खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधीले काम गर्न छाड्यो । एक वर्ष देखि रोगले गाल्न थाले पछि लामिछानेको स्वास्थ्य अवस्था गम्भीर हुन पुगेको थियो । लामिछानेको कलेजो क्षतिग्रष्त भएर राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रुपमा कलेजो नै प्रत्यारोपण गर्नका लागि सुझाएका थिए ।देशभित्र सबै ठाउँमा कलेजो… पुरा पढौ

१८औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरामा भव्यताका साथ मनाईयो ।

१५ माघ,पोखरा“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, रक्तदान नै जिवन दान हो ” भन्ने भावनाले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको १८ औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरमा भव्यताका साथ मनाईयो ।प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिन देखि रत्तदानको सुभारम्भ गरेर आफु पनि स्वथ्य रहौं र अरुलाई पनि जिवन दान दिउं भन्ने मुल मन्त्र मानेर मानव सेवामा सर्मपित नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्थापना दिवस हरेक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।दिनहुं हजारौको संख्यामा नेपाली… पुरा पढौ

३७बर्षमा ३८ पटक रक्तदान ।

११ माघ,पोखरारक्तदान नै जिवन दान हो प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिनमा रत्तदानको सुभारम्भ गरि मनाउं भन्ने मुल मन्त्रले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजले दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।आफ्नो ३६ औ जन्मोत्सवको अवसरमा ३७ औ पटक रक्तदान गरी जन्मदिन मनाउन पाउदा आफैलाई आत्म सन्तुष्टी मिलेको… पुरा पढौ

स्वास्थ्य बीमा गर्नेले उपचार खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने

११ पुष, काठमाडौं ।स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ ।बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ ले दिएको अधिकार प्रयोग गरी सहभुक्तानी (को–पेमेन्ट) कार्यविधि जारी गरेको जनाएको छ । उक्त कार्यवधि बोर्डबाट पारित भएको तीन महिनाभित्र लागू हुने बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।कार्यविधि… पुरा पढौ