स्वास्थ्य

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो ः प्रधानमन्त्री

असार ७ गते काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने… पुरा पढौ

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

भक्तपुर, २४ जेठसेतो लामो एकतले भवन , जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ । स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफैँ बिरामी… पुरा पढौ

कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’मा उपचार गर्दा ५० प्रतिशत छुट ।

२०८१ जेठ २१ गते,काठमाडौँ,सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनिहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम… पुरा पढौ

यार्साले लियो ज्यान , यार्सा सङ्कलन गर्न गएका मुगुका चारजनाको लेकलागेर मृत्यु, एक सिकिस्त ।

जेठ २० गते मुगुबितेका दुई दिनमा मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको जनाईएको छ । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज… पुरा पढौ

बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ, १५ जेठः सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी… पुरा पढौ

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

१३ जेठ काठमाडौँनेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय… पुरा पढौ

स्वास्थ्य सचेतना सगै पर्यटन प्रवद्र्धन गर्दै ल्वाड.घलेलमा कैलास ।

५ जेष्ठ,पोखरापोखराका फोटो ब्यवसायीहरु द्धारा संचालीत कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेर सदस्यरुलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाप तथा औषधी उपचारका बारेमा के गर्नेर आफु कसरी स्वस्थ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत… पुरा पढौ

नर्सहरूको सेवा सुविधामा एकरूपता ल्याईने ः प्रधानमन्त्री प्रचण्ड

३० वैशाख काठमाडौँप्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका छन् । नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले… पुरा पढौ

नेपाल स्वयंसेवी रक्तदाता समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न ।

२९ बैशाख,पोखरा“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं ” “ रक्तदान नै जिवन दान हो ” भन्ने मुलमन्त्रका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको प्रारम्भिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष तथा रक्त सम्राट प्रेमसागर कर्माचार्य को प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले रगतको अभावबाट कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर समाजमा डटेर लागेको र देशभर ३८ शाखा स्थापना गर्न सकिएको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड ः अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

बैशाख २९,पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित भए । उनीहरुले जनही एक÷एक थान स्कुटर, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका थिए । यसैगरी महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा थिए । उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे । उनीसँगै मनोनयनमा परेका टेनिसका नीरज… पुरा पढौ