स्वास्थ्य

स्थापना दिवसमा रक्तदान गर्दै कैलाश, १ सय १ यूनिट रगत संकलन ।

पौष ३ पोखरा २०८१पोखराका फोटोग्राफरहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।ब्यबसायीहरुको आर्थिक उननयन साथै व्यवसाय प्रवद्र्धनका लागि स्थापित यस सहकारी संस्थाले संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक बर्ष रक्तदान कार्यक्रको आयोजना गर्दै आएको छ । हरेक बर्ष पौष ३ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु समेत गरिदै गर्दै आएको कुरा संस्थाका सचिव बिष्णुहरी अधिकारीले बताए । पोखराको टुडाकोपाटन स्थित संस्थाको आफ्नै कार्यालय परिसरमा सम्पन्न… पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गरिने ः मन्त्री पाठक

पोखरा, १३ मंसिर गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे ।चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए ।‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व… पुरा पढौ

अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

९ मंसिर , पोखरापोखरा २५ मा अवस्थित श्री अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । आस्था किड्की एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा लि .र पश्चिमाञ्चल डाइगोनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा लि . को प्राविधीक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । रगत र रक्ततत्वको आकस्मिक व्यवस्थापन सँगै संस्थाले “ स्वास्थ नै सबै भन्दा ठूलो धन हो “ भन्ने नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा ले सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क स्वास्थ… पुरा पढौ

पोखरामा डेँगुका कारण रगतको माग वृद्धि , रक्तदान गर्न आह्वान,

कार्तिक ६,पोखरापोखरामा केहि समय देखि बढेको डेँगुका कारण रगतको माग वृद्धि भएको र यसै बेला चाडपर्व परेका कारण बिभिन्न संघसंसथाहरु द्धारा रक्तदान र रक्तसङ्कलन कार्यक्रम कमी हुँदा पोखरामा रगत अभावको महसुश हुन थालेको छ ।नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दशैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको र डेँगुका कारण माग वृद्धि हुँदा रगत अभाव हुने अवस्था आएको जनाएको छ । केन्द्रले सवैलाई रक्तदान गर्न समेत आह्वान गरेको छ ।रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत… पुरा पढौ

सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यले जुम्लामा १८० औं पटक रक्तदान गर्दै ।

कार्तीक २ जुम्ला नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८० औं पटक रक्तदान गरेका छन् । सर्वाधिक रक्तदाताका रुपमा परिचित उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ल्याबमा पुगेर रक्तदान गरेका हुन् । उनी नेपालको आपत्कालीन रक्तसञ्चारको नामले पनि चिनिन्छन ।काठमाडौं बागबजार निवासी कर्माचार्यले रक्तदाताले दिएको रगत बिरामीलाई निःशुल्क दिनुपर्ने बताउदै आएका छन् । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका उनले दुर्गम क्षेत्रमा आएर रक्तदान गर्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘दुर्गम… पुरा पढौ

अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

आश्विन २७ तनहुँतनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।“बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई… पुरा पढौ

मर्स्याङ्दी बस दुर्घटना ः मृतक २७ जनाकै शव भारत लगियो

भाद्र ८ पोखरापृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । मृतकको शव पोष्टमार्टम चितवनको… पुरा पढौ

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’ , मन्त्री पौडेल

श्रावण २५ बाँकेस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताए ।अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भने, “पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो । अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध… पुरा पढौ

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

श्रावण ३ काठमाडौँअहिले नियमित परिरहेको पानीका कारण डेङ्गी सङ्क्रमण बढ्न सक्ने सम्भावना प्रवल रहेको छ । यसै बिषयलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल हटलाइन टेलिफोन ११८०’ नम्बरमा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ

३१ असार काठमाड.डौनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।शपथग्रहण समारोहमा… पुरा पढौ