स्वास्थ्य

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

फाईल तस्बिर
काठमाडौँ, विशेष अदालतले पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन मन्त्रिपरिषद्बाट निर्णय गराएको विषयमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतमा भएको बयान र थुनछेक बहसपछि अदालतले नेपाललाई धरौटीमा छोड्न आदेश दिएको हो। फैसला विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट भएको हो। नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती,… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, १५२ जनाले सेवा लिए

१२ असार, पोखरा नेपाल पत्रकार महासंघ कास्की शाखाको ४९औं स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की अन्तर्गत हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न उक्त शिविरबाट १५२ जना पत्रकार, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन ्। शिविरमा नेपाल नेत्र ज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले आँखा उपचारको क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल रहेको बताए । उनले भने, “अन्य रोगको उपचारका लागि नेपाली विदेश जाने गरेका छन्, तर आँखा उपचारका… पुरा पढौ

दमौलीमा खानेपानी संकटः एक गाग्री पानीका लागि घन्टौँ लाइन ।

असार १२, तनहुँ तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा खानेपानी अभाव चुलिँदै गएको छ। व्यास–४ मा रहेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वितरण प्रणाली अवरुद्ध भएपछि स्थानीयवासीलाई पानीको चरम अभाव भएको हो । व्यास–२ र ३ का बासिन्दा अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर जस्ता वैकल्पिक स्रोतमा भर पर्न बाध्य छन्। एक गाग्री पानीका लागि बिहानैदेखि लामबद्ध हुनुपरेको स्थानीयको गुनासो छ। धाराबाट पानी आउन छाडेपछि सर्वसाधारण सार्वजनिक कुवा र धारातर्फ धाउँन बाध्य छन्। मंगलबार साँझदेखि पानी वितरण बन्द भएपछि कुवा… पुरा पढौ

विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न

पोखरा, जेष्ठ ३१ “रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं“ भन्ने नारासहित २२औं विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुवात चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट भएको ¥यालीले महेन्द्रपुल हुँदै पुनः चिप्लेढुंगामै पुगेर समापन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश प्रमुख सूर्य प्रसाद ढकाल, रोटरी क्लब अफ पोखरा भ्यालीका नोमिनी प्रेसिडेन्ट नविन बराल, नेपाल रेडक्रस… पुरा पढौ

नागरिकले उचित मूल्यमा औषधि पाउने ंः मन्त्री पौडेल

जेठ २७ काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताए । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रुपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकाले समायोजनका लागि समिति गठन गरिएको बताए । स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर… पुरा पढौ

एशिया फ्याशिफिक टेक्नोलोजी मन्त्री स्तरीय बैठक जापानमा हुदै, सञ्चारमन्त्री गुरुङलाई जापानका नेपालीले भब्य स्वागत गरे ।

१४ जेठ टोकियो नेपाल सरकारका प्रवक्ता एबम सूचना ,सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जापानमा भव्य स्वागत गरेका छन् । जापानको टोकियोमा हुने एशिया फ्याशिफीÞक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन आज बुधवार हानेदा विमानस्थलमा मन्त्री गुरुङलाई भव्य स्वागत गरिएको हो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानको विभागीय मन्त्रालयका उच्च स्तरीय अधिकारीहरूले स्वात गरेका थिए । साथै सो स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच जापानका अध्यक्ष तथा पदाधिकारीहरू र एनआरएनए आईसीसी उपाध्यक्ष रोविन… पुरा पढौ

अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौं संस्करण जेठ २० मा आयोजना हुँदै

तुलसी राम सुबेदि , २ जेठ , पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गर्ने ‘अन्नपूर्ण म्याराथन–२०८२’ को पाँचौं संस्करण आगामी जेठ २० गते मंगलबार हुने भएको छ। अन्नपूर्ण आधारशिविर (४,१३० मिटर) बाट सुरु भई घान्द्रुक (श्री मेश्रम बराह मा.वि.को खेल मैदान) सम्म ४२.१९५ किलोमिटरको दूरीमा हुने यो म्याराथनले पर्यटन प्रवद्र्धन र पदयात्रा मार्गको पूर्वाधार विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८,०९१… पुरा पढौ

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नहुने ः मन्त्री पौडेल

२०८२ बैशाख २२ चितवन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भने, “बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।” उनले कार्यक्रम वापतको दाबी भुक्तानी बिमा बोर्डले छिट्टै फरफारक गर्ने… पुरा पढौ

‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ’ मन्त्री पौडेल

२०८२ बैशाख २१ गते नेपालगञ्ज, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए । मन्त्री पौडेलले भने “अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यक्ता छ ।” भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर… पुरा पढौ

‘भूकम्पीय जोखिमबाट बच्न जनचेतना फैलाउनुपर्ने’, राष्ट्रपति पौडेल

बैशाख १२ गते काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । सन्देशमा उनले, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ ।… पुरा पढौ