विनियोजन विधेयक राष्ट्रियसभामा पेस, अर्थमन्त्रीद्वारा बजेटका प्राथमिकता प्रस्ट

-


     केन्द्रीय आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित


१५ आषाढ पोखरा

चालू आर्थिक वर्षको ‘विनियोजन विधेयक २०८३’ राष्ट्रियसभामा पेस भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पेस गरेका हुन् ।
प्रतिनिधिसभाबाट पारित भइसकेपछि बजेटसँग सम्बन्धित विभिन्न आश्रित विधेयकहरू सुझाव र स्वीकृतिका लागि माथिल्लो सदन (राष्ट्रियसभा) पुगेका हुन् ।
विधेयक पेस गर्दै अर्थमन्त्री डा. वाग्लेले बजेटले लिएका आर्थिक लक्ष्य र विनियोजनका प्राथमिकताहरूमाथि प्रकाश पारेका थिए । प्रतिनिधिसभामा लामो दफावार छलफल र परिमार्जनपछि पारित भएको यो विधेयकमाथि अब राष्ट्रियसभामा पनि सांसदहरूले आ–आफ्नो धारणा राख्नेछन् ।
राष्ट्रिय सभाबाट विधेयक पारित भई वा आवश्यक सुझावसहित फिर्ता आएपछि यसले कानुनी रूप लिनेछ, जसले सरकारलाई आगामी आर्थिक वर्षका लागि खर्च गर्ने कानुनी बाटो खोल्नेछ ।