प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा संसद्‌मा विपक्षीको नाराबाजी

-


     केन्द्रीय आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित


सोमवार, जेठ १८ २०८३ काठमाडौँ ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मै उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिका विरुद्ध विपक्षी दलहरूले सदनमा नाराबाजी गरेका हुन् ।
निर्धारित समयभन्दा ढिला गरी सुरु भएको बैठकमा सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरूले विरोध जनाएका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।