
११ असोज, पोखरा
पोखराका फोटो ब्यवसायीहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्थाले पोखरा फोटोग्राफर संघका नव निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।
पोखरा फोटोग्राफर संघको ४३ औ साधारण सभा तथा अधिबेशनवाट निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सहित महिला उपसमिति संयोजकलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले बधाई तथा शुभकामना अपर्ण गर्दै मायाको चिनो र सम्मान पत्रले सम्मान गरेका थिए ।
साथै साहारा खेलकुद पत्रकारीता पुरस्कार वाट सम्मानित संस्थाका लेखा समिति संयोजक परशुराम शर्मा , भरखरै सम्पन्न भएको पोखरा फोटोग्राफी अवार्ड अन्र्तगतको कैलाश फोटोग्राफर अफ द इयर विधामा सर्वोकृष्ट हुन सफल फोटोग्राफर पुरन सारु मगर, हितैषि बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष पदमा निर्वाचि हुने संस्थाका सल्लाहकार मदन प्रसाद आचार्य साथै पोखरा चेम्वर अफ कमर्श कास्कीको कोषाध्यक्ष पदमा निर्वचित हुने संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार जिवन ढुंगानालाई पनि बधाई तथा शुभकामना सहित सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित ब्यक्ति पुरण सारु मगर , परशुराम शर्मा, मदन प्रसाद आचार्य ,भक्त तामाङ, साथै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु दुर्गा प्रसाद पौडेल, जिवन ढुंगाना, शिवहरी अधिकारी लगायत ले आ–आफ्रनो शुभकामना मन्तब्य राखेका थिए ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको महिला समिति संयोजक पूर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन गर्दै सुरु भएको थियो । त्यसैगरि संस्थाका उपाध्यक्ष विनोद ढकालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।











