
भाद्र १२, पोखरा,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित पोखरा फोटोग्राफीे अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ उत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखि प्रतियोगिताको लागि आव्हान गरिएको थियो । ७ बिधामा कुल ५७३ फोटोहरु प्रतिस्प्रर्धामा सहभागी भएका थिए । एक बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पर्धामा थिए ।
प्रतियोगि फोटो तथा भिडियोलाई ५ सदस्यीय निर्णायक समितिले छनौट गरि अर्वाड समितिलाई हस्तान्तरण गरेको र बुधबार एक कार्यक्रमका बिच ५ उत्कृष्ठको नाम सार्वजनिक गरिएको हो ।
यसै गरि अशोक लाईफ टाईम फोटोग्राफी अर्वाडबाट यस वर्ष वाग्लुड.का बरिष्ठ फोटोग्राफर मुकुन्द शाक्यलाई छनौट गरिएको छ ।
अशोक लाईफ टाईम फोटोग्राफी अर्वाडबाट यसअघि पोखराका बरिष्ठ फोटोग्राफर सम्भु रत्न शाक्य,बिश्वरत्न शाक्य,जयन्द्र कुमार राजभण्डारी सम्मानित भैसकेका छन । भने शाक्य पोखरा बाहिरका ब्यक्ति लाईफ टाईम फोटोग्राफी अर्वाडमा छनौट भएका पहिलो ब्यत्ति हुन ।
कैलाश फोटोग्राफर अफ दि ईयर बिधाको लागि पुरन शारु, देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुड.गानाको फोटो उत्कृष्ठ पांचमा पर्न सफल भएका छन ।
यसै गरी दोश्रो मिलन यूथ ईनर्जेटिक फोटोग्राफी पुरस्कार बिधामा बब शाही, दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुड.को फोटा उत्कृष्ठ पांचमा पर्न सफल भएका छन । त्यसैगरि वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी, योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यसैगरी सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी, अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी, महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु उत्कृष्ठ पांचमा पर्न सफल भएका छन ।
त्यसै गरि मिराज पोट्रेट फोटोग्राफीमा देवानन्द पोखर््ेल, प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन भने यसै वर्षवाट शुरु भएको महिला प्रतियोगिको लागि मात्र राखिएको नन्दनारी फोटोग्राफी अर्वाडको उत्कृष्ठ पांचमा श्रृजना भुर्तेल, मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु छनौटमा परेका छन ।
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी, राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु उत्कृष्ठ पांचमा पर्न सफल भएका छन ।
समयानुकुल फोटोग्राफी ब्यवसायलाई अगाडी बढाउन र आयआर्जनको बलियो माध्यम बनाउने उदेश्यले आफ्ना सदस्यको क्षमता तथा दक्षता बृद्धि गर्नको लागि २०७५ साल बाट पोखरा फोटोग्राफी अवार्ड स्थापना गरिएको थियो ।
पोखरा कै पुराना फोटोग्राफर अशोक बाटाजु तथा परिवारबाट अक्षयकोषको स्थापना गरिदिएको र सोहि अक्षयकाष बाट लाईफ टाईम फोटोग्राफी अर्वाड बितरण गरिदै आएको छ । त्यसैगरि फोटोग्राफरहरु द्धारा संचालन गरिएको कैलाश सहकारी संस्थाले अर्को अक्षयकोष स्थापना गरिदिएको र सो बाट फोटोग्राफर अफ दि ईयर बिधाको पुरस्कार बितरण गरिदै आएको छ । त्यसै गरि पोखरा फोटोग्राफर संघका पुर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा उहाको परिवार बाट मिलन युथ ईर्नजेटिक फोटोग्राफी अवार्ड, पोखरा फोटोग्राफर संघका बर्तमान अध्यक्ष रामचन्द्र पोखरेल तथा परिवार बाट रामतारा दैनिक जनजिवन फोटोग्राफी अवार्ड , पोखरा फोटोग्राफर संघका उपाध्यक्ष भक्त तामाड. तथा परिवार बाट मिराज पोट्रेट फोटोग्राफी तथा बैबाहिक भिडियो बिधा को फोटोग्राफी अर्वाड मा अक्ष्यकोष स्थापना गरिएको र यस बर्ष देखि संघका पुर्व अध्यक्ष घनश्याम पौडेल तथा कोषाध्यक्ष नन्दकला पौडेल र परिवारको तर्फबाट नन्दनारी फोटोग्राफी अर्वाडको एक बिधा थप गरिएको यस अवार्डका परिकल्पनाकार तथा पोखरा फोटोग्राफी अवार्डका संस्थापक अध्यक्ष तुलसी राम सुवेदी ले जानाकारी दिए ।
अवार्ड बिजेता प्रथम दित्तिय तृतीयको घोषणा सहित पुरस्कार बितरण कार्यक्रम आउदो भाद्र २९ गते संस्थाको साधारण सभामा गरिने कुरा संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाएका छन ।






