बिन्दु कुमार थापा गण्डकीको कार्यबाहक मुख्यमन्त्री

-


     केन्द्रीय आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित


श्रावण ११ पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारत जाने भएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । थापा गण्डकीको मन्त्रिपरिषद्मा दोस्रो बरियतामा छन् ।
घुँडाको उपचारका लागि भारत जान लागेका मुख्यमन्त्री पाण्डे १८ गते स्वदेश फर्किने भएका छन् । उनी शनिबार भारत प्रस्थान गर्दैछन ।