पोखरा फोटोग्राफर संघको ४३ औ वार्षिक उत्सव रक्तदान सहित अवार्ड धोषणा गर्दै सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित


पोखरा, साउन ३
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले संस्थाको स्थापना दिवस रक्तदान सहित अवार्ड धोषणा गर्दै सम्पन्न गरेको छ ।
ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आफ्नो स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो संस्थाकोे ४३ औ वार्षिक उत्सवको अवसर मा बुधवार बिहान पोखराको मानव अधिकारचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने सांझ अवार्डको घोषणा सहित सम्पन्न भयो ।
बुधबार बिहान सम्पन्न रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक हरिशरण ढुंगानाले जनाए ।
नेपाल फोटोग्राफर महासंघ नेपालका गण्डकी उपाध्यक्ष दुर्गा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । पौडेलले पहिलो रक्तदाता बिजय पहारी लाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पौडेलले यस किसिमका पुन्य कायमा नेपाल फोटोग्राफर महासंघको सधै साथ र सहकार्य रहने बताए साथै उनले फोटोग्राफी ब्यबसायी हरुको लागि आबश्यक पर्ने निती नियमहरु तयार गर्ने र नेपालका सबैे जिल्लामा पुरयाउने बताए ।


कार्यक्रमा, महिला उपसमिती संयोजक रिता पौडेल, संस्था का कार्य समिति सदस्य एबम कार्यक्रम संयोजक हरिशरण ढुंगाना, रक्तदाता बिजय पहारी , संस्थाका पूर्व अध्यक्ष जयन्द्रकुमार राजभण्डारी ,नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रिय सदस्य तथा पोखरा फोटोग्राफर संघका पुर्व अध्यक्ष रबिनाथ दाहाल, पोखरा फोटोग्राफर संघका नि. अध्यक्ष जनक राज तिवारी , नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा पोखरा फोटोग्राफर संघ पोखरा नेपालका पुर्व अध्यक्ष तुलसी राम सुवेदी , संस्थाका संरक्षक गणेश लाल श्रेष्ठ, सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सिमा कोईराला लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

साथै ६६ पटक रक्तदान गर्ने संस्थाका पुर्व अध्यक्ष तथा संरक्षक गणेश छवि र ५४ औं पटक रक्तदान गर्ने संघका आजिवन सदस्य टिकाराम पराजुली लाई सम्मान गरिएको थियो ।
पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा संचालन भएको कार्यक्रमको संस्थाका सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भक्त तमाड.ले गरेका थिए ।
साथै साझ पोखरा फोटोग्राफी अवार्ड चौथो संस्करणको शुभारम्भको घोषणा सहित कार्यक्रम सम्पन्न भएको थियो ।

फोटोग्राफी मार्फत अग्रगामी समाज निमार्णमा योगदान दिने खालका रचनात्मक , कलात्मक ,सन्देशमुलक समाज परिर्वतनमा योगदान पुर्याउने खालका फोटोग्राफी गर्ने ब्यक्तिहरुको पहिचान साथै सम्मान गर्ने उदेश्यले २०७५ सालमा स्थापित पोखरा फोटोग्राफी अवार्डको आधिकारीक रुपमा घोषणा समेत गरिएको थियो । अवार्ड को घोषणा संस्थाका अध्यक्ष रामचन्द्र पोखरेल ले गरेका थिए ।


हरेक बर्ष साउन २ गते संस्थाको स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु गरिदै आएको पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जानाकारी दिए ।
बिभिन्न अक्ष्यकोषदाताहरु द्धारा स्थापित अक्ष्यकोषबाट प्रत्येक दुई दुई बर्षमा आयोजना गरिने यस फोटोग्राफी अवार्ड भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन बितरण गरिदै आएको पोखरेलले बताए ।
श्रावण २ गते बाट अनलाईन मार्फत प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई १९ अगस्त अर्थात भाद्र ३ गते बितरण गरिने उनले जनाए ।
शुरुमा लाईफटाईम एचीभमेन्ट सहित ६बिधामा बाट सुरु भएको अवार्ड अहिले ३ बिधा थप भएको छ ।
पुरस्कार किसिम यसप्रकारका छन ः
१,असोक लाईफटाईम एचीभमेन्ट फोटोग्राफी अवार्ड
२, कैलास फोटोगा्रफर अफदि ईएर
३,मिलन यूथ ईर्नजेटिक फोटोग्राफीक अवार्ड
४,रामतारा दैनिक जनजीवन फोटोग्राफीक अवार्ड
५ संस्कृती तथा पर्यटन , फोटोग्राफीक अवार्ड
६, वातावरण तथा प्रकृती , फोटोग्राफीक अवार्ड
७ मिराज क्रियटिव प्रोटेक्ट फोटोग्राफी अवार्ड
८ मिराज क्रियटिव वीडिड. भिडियोग्राफी अवार्ड
९,नन्द नारी फोटोग्राफी अवार्ड