कास्की प्रशासनले नयाँ नागरिकता लगायत थप सेवा सुचारु गर्ने

-


     केन्द्रीय आवाज    
     असाेज ७ गते २०८२ मा प्रकाशित


पोखरा, असोज ७, २०८२
जिल्ला प्रशासन कार्यालय कास्कीले तोडफोड, आगजनी तथा लुटपाटका कारण क्षतिग्रस्त भएको कार्यालयको मर्मत पश्चात नयाँ सेवाहरू विस्तार गर्ने भएको छ ।
कार्यालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार, २०८२ भाद्र २४ गतेको घटनापछि आंशिक रूपमा मात्र सेवा प्रदान गर्दै आएकोमा भाद्र २९ गते देखि केही सेवा सञ्चालनमा ल्याइसकेकाले, असोज ८ गते देखि थप सेवा विस्तार गरिने भएको हो ।
नवीन रूपमा सुरु हुने सेवामा नयाँ नागरिकता वितरण, आगजनी पश्चातको प्रक्रिया अनुसार राहदानी विभागबाट प्राप्त भएका राहदानी वितरण (रजिस्टर्ड मोबाइल नम्बरमा क्ःक् प्राप्त गरेका सेवाग्राहीका लागि) तथा भारतीय पेन्सन सिफारिस सेवा रहेका छन्।
यसअघि असोज २ गते सार्वजनिक सूचनाअनुसार इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा जारी रहेको कार्यालयले जनाएको छ। साथै, प्रतिलिपि नागरिकता, गैरआवासीय नागरिकता, राहदानी फोटो खिच्ने सेवा, संघ–संस्था दर्ता तथा नाबालक परिचयपत्रलगायतका अन्य सेवा पनि चाँडै सुचारु गरिने जानकारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकलाई तोकिएका सेवाका लागि मात्र सम्पर्क गर्न र सूचनाको पालना गर्न आग्रह गरेको छ।