पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी

-


     केन्द्रीय आवाज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


पोखरा,भदौं २३
जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कफ्र्यु जारी भएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कफ्र्यु जारी गरेका हुन्।
ुपोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२।०५।२३ गते दिनको २ बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ ९संसोधन सहित० को दफा ६ को उपदफा ९३क. बमोजिम निषेधाज्ञा जारी गरिएको छ,ु जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश गरिएको छ। पोखराको शहिदचोक पूर्वतर्फ वाई चोक, उत्तर(पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैंक चोक रहेको प्रशासनले जनाएको छ।