
१ पौष २०८१
तमु जातीको महान पर्व ल्होछार पर्वको अवसर पारेर पोखराको पल टासी छयोलिड. गुम्बामा कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजा आयोजना गरियो ।
पौष महिनाको पहिलो दिन अर्थात गिद्ध बर्गको बिदाई साथै सर्प बर्गको स्वागतार्थ कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजाको आयोजना बिगत २४ बर्ष देखि निरन्तर रुपमा पल टासी छयोलिड. गुम्बामा गरिदै आएको आयोजकले जनाएका छन ।
कार्यक्रम माननीय पुर्व राज्य मन्त्रि तुल बहादुर गुरुड.को प्रमुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रमको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले सवै पक्षबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताए ।



गुरुड. सम्प्रदाय भित्र प्राचिन काल देखि चलि आएको परम्परा संरक्षणका लागि साथै पित्री मोक्ष र आत्म सुद्धीका लागि पुजा गरिदै आएको पल टासी छयोलिड. गुम्बाका धर्मगुरु गोपाल लामाले बताए ।
कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजाले मानिसको आचरण सुधारमा महत्वपुर्ण भुमिका खेल्ने भएको कारण निरन्तर २४ औ पटक पुजाको आयोजना गरिएको लामाले बताए ।
सर्प बर्गको आगमनको शुरुवाती क्षणमा बिश्वमा भएको अशान्ति र मनुस्य बर्गमा परेको पिडा,दुःख र दर्दलाई कसरी समापन गर्न सकिन्छ भन्ने उदेश्य राखेर कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजा गरिदै आएको लामा मिन गुरुड.ले बताए ।
कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजाले मानिसको आचरण सुधार हुनुका साथै आत्म शुद्धी हुने भएका कारण पनि यो पुजाको बिशेष महत्व रहेको उनले बताए । भगवान बुद्धको बचनलाई पालना गरि विश्वमा शान्ति फिजाउनका लागि पुजा गरिदै आएको पल टासी छयोलिड. गुम्बाका शिक्षक लामा उर्गेन गुरुड.ले बताए ।

पल टासी छयोलिड. गुम्बाका प्रमुख धर्मगुरु गोपाल लामाको अध्यक्षतामा संचालित कार्यक्रम लामा फुर्वा गुरुड.ले संचालन गरेका थिए भने स्वागत उपाध्यक्ष सु. बुद्धि बहादुर गुरुड.ले गरेका थिए ।
नव बर्षको प्रारम्भ संगसंगै गुरुड. सम्प्रदायको बर्गको पनि शुआरम्भ हुने भएकोले रोग ब्याधी निर्मुल होस नया बर्गको आगमनलाई स्वच्छ मन र तनले स्वागत गर्न सकियोस भनेर हरेक गुम्वाहरुमा पुजा आयोजना गरिदै आएको पाईन्छ । पौष १ गते देखि १० गते सम्म भिन्न भिन्न दिनमा भिन्न पुजा चल्नेछ ।






