
मंसिर २५ पोखरा
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आगामी नेतृत्वका लागि रमेश पौडेल र गोविन्द सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
महासंघको शुक्रबार हुने मतदानमा केन्द्रमा प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बमोजिम गण्डकी प्रदेश समितिमा पनि त्यस्तै खालको समीकरण बनेको छ । प्रेस स्वतन्त्रता सेनानी पौडेल गठबन्धनमा साझा उम्मेदवार हुन् भने प्रेस सेन्टर सहित विभिन्न संगठनबाट सुवेदीको मनोनयन दर्ता भएको हो । सुवेदी यसअघि प्रदेशका महासचिव थिए ।
यसै गरि उपाध्यक्षमा घनश्याम पाण्डे, प्रकाश पौडेल, यदुनाथ बञ्जारा, महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी बीच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियार, सचिवमा ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीमा रामबहादुर घले परियार र रोशनी गुरुङ, कोषाध्यक्षमा अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको मनोनयन दर्ता गराएको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले बताए ।
त्यसैगरि खुलामा ५ सदस्यका लागि, बिजय नेपाल , श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाले उम्मेदवारी दिएका हुन् ।
३ सदस्य महिलातर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीको मनोनयन दर्ता भएको छ । १ सदस्य दलितमा अमीतकुमार विश्वकर्मा र विजय नेपाली, २ सदस्य आदिवासी जनजातितर्फ तिलकप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मञ्जुल शाक्यले मनोनयन दिएका छन् । १ सदस्य अल्पसंख्यकमा सुन्दरकुमार थकालीको मात्र मनोनयन परेको छ ।
मतदान २८ मंसिर (शुक्रबार) बिहान १० देखि दिउँसो ४ बजेसम्म पोखराका मुस्ताङचोकस्थित पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय परिसरमा हुनेछ ।
जिल्लाको मनोनयन भने मंसिर २६ ब्ुधबार हुनेछ । तीनै तहका लागि मतदान एकै दिन हुने जनाईएको छ ।







