
२१ भाद्र, पोखरा
गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले भाद्र २० गते आफ्नो छैटौ स्थापना दिवस गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बिभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । कार्यक्रम बिभिन्न जिल्ला संघहरुले आआफ्नो जिल्लामा फोटोग्राफी कल्याणकारी कोष घोषणा गदै आफ्नो स्थापना दिवस मनायो ।
पोखरामा पोखरा फोटोग्राफर संघ पोखराको सहआयोजनामा पोखराको मानवअधिकार चोकमा द्धिप प्रज्वलन सहित कल्याणकारी कोषका लागि रकम घोषणा सहित स्थापना दिवश मनाएका थिए ।



कार्यक्रमको सुरुवात मै फोटोग्राफर संघ गण्डकीको संक्षिप्त अग्रेजी नाम जि.पि.ए. ६ मा द्धिप प्रज्वलन गरिएको थियो । संस्थाका सचिब तुलसी राम सुवेदी , नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य रविनाथ दाहाल, कैलास सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल, फोटो पत्रकार अशेष शाक्य ,अक्षयकोष दाता भक्त तामाड. लगायत लगायतले मैन बक्ती प्रज्वलन गरि सामुहिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
पोखरामा आयोजित कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल, कैलास सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी, नेपाल फोटाग्राफर महासंघका केन्द्रिय सदस्य रविनाथ दाहाल लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसैगरि पर्वतमा पर्वत फोटोग्राफर संघले आफ्नो कार्यालय परिषरमा द्धिप प्रज्वलन साथै फोटोग्राफी कल्याणकारी कोषका लागि रकम हस्तान्तरण सहित स्थापना दिवश मनाएका थिए ।
संस्थाले आफ्ना सदस्यहरुका लागि पर्न सक्ने भवीतब्य र जोखिम न्यूनिकरणका लागि सो रकमले सहयोग पुर्याउने संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले जानाकारी गराए ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिब तुलसी राम सुवेदीले संचालन गरेका थिए ।
साथै श्रावण १५ गते घोषणा गरिएको मिराज राष्ट्रिय बैवाहिक फोटोग्राफी प्रतियोगिता तथा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियागितामा धेरै भन्दा धेरै फोटोग्राफरहरुले सहभागी हुन भन्ने हेतुले भाद्र ३१ गते सम्मलाई फोटो प्रतियागितामा फोटो सब्मीट गर्ने अवधी थप गरिएको जानाकारी समेत गराईएको थियो ।






