दरखाने पैसाले बालआश्रमलाई सहयोग ।

-


     तुलसी राम सुवेदी    
     भाद्र १२ गते २०८१ मा प्रकाशित


पोखरा, १२ भाद्र

पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गर्यो ।


तडकभडक रहित तिज मनाउनु पर्छ भन्ने उद्धेश्ले हरेक बर्ष यसै गरि सामाजिक सेवामा सहयोग पुर्याउदै आएको जनाउदै प्रत्येक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन ।
आश्रममा देशभरका बिभिन्न जिल्लाका १० जना अनाथ बालकहरु आश्रीत छन । बुधबार एक कार्यक्रमका बिच बाल आश्रमका बालकहरुलाई सो सामाग्रीहरु ह्स्तान्तरण गरियो ।
साथै बालआश्रमकी अध्यक्ष बकावली शाक्य रंजितले इश्वरको कृपाले आज सम्म बाल बालिकालाई सहयोग माग्नु नपरेको बताउदै सहयोगदाताहरुले नै स्वस्फ्र्त रुपमा दिदै आउनुभएको सहयोग बाट आश्रमको गुजरा चलिरहेको बताईन ।


कार्यक्रममा महिला उपसमितिका पुर्व संयोजकहरु तिर्थ श्रेष्ठ,पुर्ण कुमारी थापा , शान्ति सुवेदी साथै संस्थाका संरक्षक गणेश छबि पूर्व अध्यक्ष घनश्याम पौडेल ,तुलसी राम सुवेदी उपाध्यक्ष भक्त तामाङ कोषाध्यक्ष नन्दकला पौडेल लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्ष्तामा संचालित कार्यक्रमको सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए ।