महिला भलिबल ः नेपाल र इरान भिड्दै

-


     केन्द्रीय आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


श्रावण २२ पोखरा
काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि आज जित्नुपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ ।
यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित भएको थियो । तर आजको खेलमा इरानलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।
यसअघि नेपालले श्रीलंकालाई ३–०, भारतलाई ३–२ ले जित निकालेको थियो भने र इरानसँग ३–२ ले पराजित भएको थियो । त्यस्तै माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।