
४ श्रावण पोखरा
आजदेखि महिला एसिया कप क्रिकेट सुरु हुँदैछ । श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिँदैछन् । जसमा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र हुन् ।
एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् ।
एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज यूएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुँदैछ ।
त्यस्तै आजै अर्को खेल भारत र पाकिस्तानबीच बेलुकी ७ः१५ बजेदेखि सुरु हुँदैछ ।
नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध र तेस्रो खेल मंगलबार भारतविरुद्ध खेल्ने तालिका छ ।
एसिया कप खेल्ने नेपाली टिममा इन्दू बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कबिता जोशी, पूजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी छन् ।




