असार २७ ,लेखनाथ
अबिरल बर्षका कारण लेखनाथ खानेपानी बितरण लाईनको मुख्य पाइपमा पहिराले क्षति पुर्याएपछि लेखनाथ क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको छ । लेखनाथ क्षेत्रका लागि गिउजेखोला मुहानबाट पानी आपूर्ति हुँदै आएको थियो ।
बुधबार राति अविरल वर्षासँगै भिरकुनामा पहिराले मुख्य पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
संस्थाले सूचना जारी गर्दै पाइप मर्मतको काम सुरु भइसकेको भए पनि पानी आपूर्ति हुन एक साता लाग्न सक्ने जनाएको छ ।
संस्थाले पानी आपूर्ति बन्द भएपछि हालसम्म जम्मा भएका पानी बोरिङ प्रणालीबाट पालैपालो वितरण गर्ने जनाएको छ । पानीको सही सदुपयोग गर्नसमेत उपभोत्ताका लागि संस्थाले आग्रह गरेको छ ।
पहिरोले ३५५ मिमिको एचडिआइपी पाइप १२ पिस बगाएको सूचनामा उल्लेख छ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्था द्धारा सूचना







