
असार २२,कास्की
गते राती देखी कास्की जिल्ला लगायतका स्थानमा भारी बर्षा भई हाल पनि निरन्तर बर्षा भई रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन निरन्तर भारी तथा मध्यम बर्षा हुने अनुमान रहेकोले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा रहेका एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान भनी पहिचान गरिएका भिरालो, उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सम्भावित विपद्का घटनाहरु बाट बच्न सुरक्षित स्थानमा गई उच्च सवाधानिका साथ शतर्कता अपनाउनु हुन सूचित गरिन्छ । साथै जिल्लास्थित कुनैपनि स्थान क्षेत्रमा विपदजन्य घटनाहरु घटन गएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई÷ चौकी र स्थानीय प्रशासनमा जानकारी गराई विपद्जन्य घटनाका सत्यतथ्य सूचना प्रवाह मार्फत प्रभावकारी प्रतिकार्य र व्यवस्थापनमा सहयोग पुर्र्याइदिनु हुन सम्पूर्ण कास्की जिल्लाबासी आम नागरिकहरुमा अनुरोध गरिन्छ ।





