मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा छ जना मन्त्री बर्खास्त

-


     केन्द्रीय आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित


असार २२ धनुषा
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।
मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।