प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने

-


     केन्द्रीय आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित


फाईल तस्बिर

असार २१ काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री दाहाललई दुई ठूला दल कांग्रेस र एमालेले तत्काल मार्गप्रशस्त गर्न भनेका छन् ।