
२१ असार, काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि आयो नुनको भाउ वृद्धि गरेको छ । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पु¥याइएको छ ।
‘नुन भान्सामा नभई नहुने वस्तु हो, हेर्दा किलोको थोरै मूल्य देखिए पनि धेरै खपत हुने होटल–रेस्टुरेन्टको भान्सा भने यसले महँगो बनाउँछ, ।
होटल रेस्टुरेन्टको मात्र होइन, नुनको मूल्य बढ्दा त्यसको प्रभाव सर्वसाधारणको भान्सामा समेत देखिने छ ।
कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ । २३ रुपैयाँमा बिक्री गर्दा समेत कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने जनाईएको छ ।
नेपाल सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको साल्ट ट्रेडिङ कर्पोरेसनको भनाइ छ ।






