नेपाल फोटोग्राफर महासंघको अन्तरक्रिया सम्पन्न , आधिकारीक बन्यो महासंघ ।

-


     तुलसी राम सुवेदी    
     असार ७ गते २०८१ मा प्रकाशित


७असार,काठमाडडौ
नेपालका फोटोग्राफरहरुको छाता सस्थाका रुपमा २०७५ सालदेखि स्थापना गरिएको नेपाल फोटोग्राफर महासंघले पुर्णता पाउदै आधिकारीकता प्राप्त गरेको छ ।
मेची देखि महाकाली सम्मका सातै प्रदेशका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे यस महासंघमा सहभागिता रहेको छ ।
नेपालको संघिय संरचना अनुसार महासंघ निमार्णका लागि सातै प्रदेशको सहभागिता अनिवार्य रहेको हुंदा संस्थालाई आधिकारीकता दिन निकै गाह्रे परेको संस्थाका कोषाध्यक्ष तुलसी राम सुवेदीले बताए ।


महासंघ भन्ने बिक्तिकै नेपालका ७७ वटै जिल्लाको प्रतिनिधित्व हुन जरुरी रहेको र सवै जिल्लामा फोटोग्राफी संघ नभएको हुंदा जिल्ला जिल्ला पुगेर अन्तरक्रिया र सवन्मय गद्र्रै अन्तिम रुप दिन सफल भइएको सुवेदीले बताए ।


ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजान स्थानिय तवरबाट नै लाग्नु परेको फोटोग्राफर महासंघका गण्डकीप्रदेश उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।
२०७६ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको थियो तर सस्थालाई आधिकारिकता दिन कहिले ईटहरी कहिले बिरगञ्ज ,कहिले पोखरा, कहिले चितवन त कहिले दाड.मा अन्तरक्रियात्मक कार्यक्रम गर्दागर्दै महासंघलाई अन्तिम रुपमा आधिकारीकता प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले बताए । संस्था स्थापना हुनु संगै कोभिडआतड.कले पनि महासंघलाई पुर्णता दिनमा ब्यवधान उत्पन्न गराएको बताउदै उपाध्यायले सवैको सकरात्मक साथ र सहयोगले यो संस्थालाई आधिकारिकता प्रदान गर्न सकिएको मा खुशि ब्यत्त गरे ।

साथै उनले महासंघ स्थापना गर्न खोज्नु फलामको चिउरा चपाउनु जस्तै रहेको बताए ।


साथै सस्थाले आधिकारिकता पाउनु अघि काठमाड.डौमा अन्तिम अन्तरक्रिया सम्पन्न गरिएकोे थियो । सो अन्तरक्रिया कार्यक्रमा पप्पु शाह मोरड., धु्रव सापकोटा चितवन,केशर बहादुर थापा सुर्खेत,कालिका प्रसाद रिमाल काठमाड.डौ, दिपेन्द्र बस्याल नपलपुर, बिष्णु प्रसाद भुषाल कर्णाली प्रदेश,कुलराज चौधरी सुदुर पश्चिम, जीवन ढुंगाना गण्डकी प्रदेश,जनकराज तिवारी पोखरा,भुवन जोशी कैलाली,दिनेश अर्याल लुम्बिनी,रामचन्द्र बेलवासे कपिलवस्तु,कमला पन्थ लुम्बिनी,मुकेश कुशवाह बिरगञ्ज लगायत का सदस्यहरुले महासंघले अव गर्नुपर्ने कुराका बारेमा आआफना धारणा राखेका थिए ।
त्यसै गरि संस्थाको आर्थिक बिकास कसरी गर्ने,खर्च तथा कोष ब्यवस्थापन कसरी गर्ने भन्ने कुराको बारेमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी आफ्नो योजना प्रस्तुत गरेका थिए भने महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले महासंघलाई छाता सगठनका रुपमा लैजान बिभिन्न किसिमका चुनौती हरुको सामना गद्र्रै जानुपर्ने भएको हुंदा कसैलाई काखा र कसैलाई पाखा नगरी महासंघलाई कुशल अभिभावक का रुपमा लैजान जरुरी रहेको बताए ।


महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन संस्थाका महासचिव दिगम्बरराज बंशीले संचालन गरेका थिए भने सहजिकरण सचिव गणेश दंगाल ले गरेका थिए ।
अन्तरक्रिया पश्चात जिल्ला प्रशाशन कार्यालय काठमाडडौका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको कार्यकक्षमा महासंघको आधिकारिक प्रमाण पत्र ग्रहण गर्दै सो कार्यलाई सहज बनाईदिने जिल्ला प्रशासन कार्यालय काठमाड.डौलाई आभार सहित हार्दिक धन्यवाद प्रदान गरिएको थियो ।