पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई युवक पक्राउ

-


     केन्द्रीय आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित


जेष्ठ ३० पोखरा
पोखरामा महिलाका मोवाइल लुटेर भागेका दुई युवकलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ फूलबारी बस्ने वर्ष ३२ का सागर नेपाली र वर्ष २१ का सुजित नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति करिब ८ः४५ बजे पोखराको पृथ्वीनारायण क्याम्पस पछाडिको चौरमा दुई महिलालाई खुकुरी देखाएर लछारपछार पारी सागर र सुजितले मोवाइल लुटेका थिए ।

पीडित महिलाले आफूहरु लुटिएको सूचना प्रहरीलाई दिएपछि वडा प्रहरी कार्यालयबाट टोली खटिएर दुई युवकलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट लुटिएको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकहरुविरुद्ध जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।