नेकपा एमाले पोखरा महानगर अध्यक्षमा जीवन आचार्य ।

-


     केन्द्रीय आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित


२०८१ जेष्ठ २१ गते पोखरा ।

नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् ।

आचार्यले २ सय ७७ मत ल्याउँदा उनका प्रतिष्प्रर्धी दीपक पौडेलले २ सय १० मत पाएका छन् ।
नेकपा एमालेको पोखरा महानगरको नेतृत्वका लागि आज विहान ८ बजेबाट दिउसो १ बजे सम्म मतदान भएको थियो । अधिवेशनमा ४ सय ९८ मतदाता रहेका थिए ।