एमालेलाई बलियो बनाउनुको विकल्प छैन ः मुख्यमन्त्री अधिकारी

-


     केन्द्रीय आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित


फाईल तस्बिर

बैशाख २८,तनहुँ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे ।
उनले पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।
एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गरे ।

वर्तमान सरकार समृद्ध गण्डकी प्रदेश निर्माणमा सक्रिय रहेको बताउँदै उनले सरकारले जनमुखी काम गर्ने चर्चा गरे ।